१३ बैशाख २०८१, बिहीबार
Follow Us

८० प्रतिशत जनता हिन्दु राष्ट्र कै पक्षमा : थापा

नेपालब्रिटेन डट कम्
२२ माघ २०७४, सोमबार ०७:४८

बारा । बाराको कलैयामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उपप्रधान मन्त्री कमल थापाले वास्तवमा नेपाली जनताले हिन्दु राष्ट्र नहोस भन्ने चाहना राखेको हैन अहिले पनि जनमत संग्रह गर्ने हो भने ८० प्रतिशत जनताले हिन्दु राष्ट्र कै पक्षमै भोट हाल्ने बताएका छन ।
स्पष्ट रुपमा नेपाली जनताले वाम गढबन्धनलाई सरकार बनाउन मुख्य मतादेश दिएका छन । यसपालिको चुनावमा वाम गठबन्धन र लाकतान्त्रिक गठबन्धन विचमा साझो प्रतिस्पर्धा थियो तर बाम गठबन्धनको तुलनामा लोकतान्त्रिक गठबन्धन अत्यन्तै कमजोर रुपमा देखा परेको समेत बताए ।
वाम गढबन्धनले सरकार बनाउने मैन्डेट प्राप्त गरेकोले जिम्मेवार पार्टीको नेताको हैसियताबाट प्रजातन्त्रको मुल्य मान्यता अनुसार वाम गढबन्धनले नै सरकार बनाउने धारणा राखेका छन ।
नेपाली काग्रेसको भरमा परेर बारामा पनि प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार खडा नगरेको आरोप समेत उपप्रधान मन्त्री थापाले लगाए ।
नेपाली काग्रेससँग सहकार्य गरेका हुदाँ ५ ठाउमा मात्रै प्रतिनिधिसभामा उम्मेदवार खडा ग-यो, १ सय ६० वटा ठाउमा उम्मेदवार खडा गरेनौ ।
काग्रेंससँगको सम्झौता अनुसार २५ देखि ३० वटा स्थानमा प्रदेश सभामा राप्रपालाई सिट दिने सम्झौता भएको थियो तर काग्रेंसले त्यो सम्झौता पालना गरेन अन्तिम घडिमा आएर ३ सय २० वटा प्रदेश सभामा उम्मेदवार खडा नगरेको बताएका छन ।
बलियो राष्ट्रवादी शक्ति नबनोस नेपालमा हिन्दु राष्ट्र कहिले बन्न नसकोस हिन्दु वादी शक्ति बलियो नबनोस चाहना राखेर षडयन्त्र योजना सफल भएको थापाले बताएका छन ।
चुनावको पुर्व सन्ध्यामा पार्टीको विभाजन हुनु । प्रविधिक र कार्यनिति त्रुटीका कारण, पार्टी भित्रको भ्रमलाई चिर्न नसक्नुले गर्दा अप्रत्यासित हार व्यवोर्हनु परेका थापाले बताए । अविचलित रुपमा प्रतिवद भएर सघंर्षमा लागे भने केहि वर्ष पछाडी राप्रपा देशको अग्रणी शक्ती हुने बताए ।