११ बैशाख २०८१, मंगलवार
Follow Us

पहिरोमा परी दुईजनाको मृत्यु

नेपालब्रिटेन डट कम्
२२ माघ २०७४, सोमबार ०९:०५

अछाम । मेल्लेख गाउँपालिका–१ रिसिदह बस्ने ४० वर्षीय मनसिंह धामी र सोही ठाउँ बस्ने ४० वर्षीय हरिदेव धामीको पहिरोमा परेर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने नन्द विष्टको घर छाउने ढुंगा निकाल्ने क्रममा आइतबार माथिबाट पहिरो आई पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा परेर नन्द विष्टसमेत घाइते भएकाले उपचारका लागि स्थानीय बयलपाटा अस्पतालमा पठाइएको छ । सो घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।