७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूकेले नर्दन आयरल्याण्डमा शाखा खोल्ने

नेपालब्रिटेन डट कम्
२२ माघ २०७४, सोमबार २३:२७

लण्डन । गैरआवासीय नेपाली संघ युकेले नर्दन आयरल्याण्डमा शाखा विस्तार गर्ने भएको छ । एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार आगामी आइतवार त्यहाँ आयोजना हुने एक भेलाले शाखा गठन गर्न लागेको हो । गैरआवासीय नेपाली संघ युकेको राज्यसमिति अन्तरर्गतको समितिका संयोजक ललीत न्यौपानेका अनुसार नेपाली समूदायको विषेश उपस्थितीमा एक स्वागत तथा सम्मान कार्यक्रम समेतको आयोजना गरिने छ ।

सो कार्यक्रममा सहभागिता जनाउन गैरआवासीय नेपाली संघ युकेको टोली त्यस तर्फ जाने तयारी गरेको छ । टोलीमा एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी, एनआरएनएका उपाध्यक्ष कुल आचार्य, उपाध्यक्षहरु पुनम गुरुङ, सुसिला राई, प्रेम घा मगर, महासचिव राजकुमार त्रिपाठी, उपहासचिव विनय अधिकारी, कोषाध्यक्ष सचिन श्रेष्ठ, र सदस्यहरु गंगा राना, होमनाथ पौडेल लगायत छन् ।

नर्दन आयारल्याण्ड नेपाली कम्युनिटीले गैरआवासीय नेपालीसंघका अग्रहहरुको सम्मानको लागि तयारी गरिरहेको कम्युनिटीकी अध्यक्ष लिला न्यौरेले जनाइन् । समाज सेवी नारायण कँडलेले एनआरएन युके स्थापना भएको १४ बर्ष पछि शाखा विस्तार हुन लागेकोमा खुःशी व्यक्त गरेका छन् ।

उनले नर्दन आयरल्याण्डमा रहेका नेपाली समूदायलाई कार्यक्रममा उपस्थिती जनाउन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ वेलायतका महासचिव राज कुमार त्रिपाठीले नर्दन आयरल्याण्डमा शाखा विस्तार भए पछि त्यहाँस्थित नेपालीहरुको समस्याको समाधानको संस्थागत पहल गर्न सजिलो हुने वताए ।