१२ बैशाख २०८१, बुधबार
Follow Us

विपलव समूहले दले शिक्षकलाई मोसो

sarusaru
२३ माघ २०७४, मंगलवार ०५:५९

भरतपुर । नेकपा माओवादी विप्लव निकटका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केही नेताले सोमबार नारायणगढमा रहेको बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापालाई कालो मोसो दलेका छन् ।
विद्यालय हाताभित्रै थापालाई मोसो दलिएको हो । मोसो दलेको आरोपमा हालसम्म कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । विद्यालयको भौतिक निर्माणमा आर्थिक अनियमितता, शिक्षक र कर्मचारी नियुक्तिमा मनपरी गरेको र चर्को शिक्षा शुल्क लिएको आरोपमा मोसो दलिएको संगठनका जिल्ला नेता सुदिप पौडेलले बताए
– चितवन पोष्टबाट ।