६ बैशाख २०८१, बिहीबार
Follow Us

ओखलढुंगा जिल्ला समाज युकेको च्यारिटी रात्री भोज १७ फेव्रुअरीमा

नेपालब्रिटेन डट कम्
२३ माघ २०७४, मंगलवार ०७:०९

लन्डन । भनिन्छ, मनभरी नेपाल बोकेर बेलायतमा बस्ने नेपालीहरुको संख्या बढ्दो छ । बेलायतमा रहेका ओखलढुंगा जिल्ला बासीहरुको संस्था ओखलढुंगा जिल्ला समाज , युकेले मानेभंज्यांग गाउपालिकामा पर्ने हर्कपुरस्थित ओखलढुंगा जिल्लाको सिमानामा स्वागत द्वार निर्माण गर्नको लागि आगामी फेव्रुअरी १७ तारिख शनिबार एक सांस्कृतिक बिबिधतासहित च्यारिटी कार्यक्रम गर्न लागेको कुरा संस्थाका अध्यक्ष नानीबाबु मगरले जनाउनु भएको छ । बेलायतस्थित नेपाली राजदुत डा. दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्यतामा अल्डरसटको एम्पायर हलमा हुन् लागेको सो च्यारिटीको सम्पूर्ण तयारी पुरा भैसकेको जानकारी संस्थाका महासचिब नारायण गुरुंगले दिनुभयो ।
बिगत देखि नै पूर्वको चर्चित जिल्लाको रुपमा रहेको ओखलढुंगाबाट बेलायतमा आइ बसोबास गरिरहेका जिल्लाबासीहरुले यस अघि पनि पटक पटक जिल्लाको लागि सहयोग गर्दै आइरहेका छन् । जस अन्तर्गत गत बर्ष ओखलढुंगाको ५६ बर्ष अगाडी स्थापित स्थानिय सामुदायिक अस्पतालमा रहेको रक्तसंचार केन्द्रको लागि मेडिकल फ्रिज प्रदान गरिएको कुरा संस्थाका सल्लाहकार शिवजी श्रेष्ठले बताउनु भयो । ओखलढुंगा जिल्ला नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि, सांगीतिक, साहित्यिक क्षेत्रमा समेत आफ्नो प्रभाव रहेको जिल्लाको रुपमा परिचित रहनुका साथै यस जिल्ला बाट बेलायतमा ब्रिटिश सेना तथा अन्य रुपमा आइ बसोबास गर्नेहरुको संख्या पनि उल्लेख्य रहेको कुरा मेडिया सेक्रेटरी आश्विन गुरुंगले बताउनु भयो ।
सो दिनको च्यारिटी कार्यक्रममा सुप्रसिद्ध गायिका मिरा राणादेखि अहिले युवाहरुमा लोकप्रिय रहेको ओखलढुंगे गायिका मौसमी गुरुङ लगायतको मनोरन्जनात्मक प्रस्तुति समेत रहने कुरा पनि साँस्कृतिक कार्यक्रमको संयोजन गरिरहनु भएको बिष्णु राज गुरुंगले बताउनु भयो । विश्वको सर्बोच्च शिखर सगरमाथाको प्रवेशद्वार ओखलढुंगा जिल्ला संगै जोडिएको सिन्धुली, उदयपुर एबम खोटांग जिल्लाको सिमा नजिक पर्ने सो स्वागत द्वारले त्यस क्षेत्रको सौन्दर्यलाई थप मोहक बनाउने विश्वासका साथ् धेरै जनाबाट सहयोग रकम जुटिरहेको कुरा पनि संस्थाका अर्का मेडिया सेक्रेटरी प्रेम तामांगले बताएका छन् । बेलायतस्थित ओखलढुंगा जिल्लावासीहरुले सो च्यारिटी कार्यक्रमको व्यग्रताका साथ् पर्खिरहेको कुरा संस्थाका उपाध्यक्ष राजदेवी गुरुंगले बताउनु भयो ।