१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेश नं १ मा एमालेबाट संसदीय दलको नेता बन्न तीनजनाको दाबी

नेपालब्रिटेन डट कम्
२३ माघ २०७४, मंगलवार ०८:५३

विराटनगर । नेकपा (एमाले)को प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ ।
सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन हुन लागेको हो । सो पार्टीको विधानअनुसार संसदीय दलका नेता नै मुख्यमन्त्री हुने प्रावधान छ ।

प्रदेश नं १मा ९३ सांसदमध्ये ५१ जना एमालेबाट निर्वाचित भएका छन् । यस प्रदेशमा १४ जिल्ला पर्छ । यसैबीच प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सो पार्टीको इटहरीस्थित प्रदेश समिति सचिवालयले तीन सदस्यीय समिति गठन गरेको छ । सो समितिमा चूडामणि आचार्य, टीकाराम पुरी र प्रेम पोखरेल रहनुभएको छ ।