१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काँग्रेस नेताको निधन

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७३, शनिबार ०४:५७

ललितपुर । नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि शङ्खु गाविस निवासी कमल बम्जनको ७० वर्षका उमेरमा शुक्रबार निधन भएको छ ।
बम्जनले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनप्रति काँग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्यले दुःख व्यक्त गर्दै यसबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
बम्जन काँग्रेसको शुभेच्छुक संस्था आदिवासी जनजाति सङ्घ ललितपुरका अध्यक्ष तथा जिविस, जनजाति समन्वय समितिका उपाध्यक्ष समेत भइसक्नुभएको थियो ।