८ बैशाख २०८१, शनिबार
Follow Us

कुवेतमा नेपाली कामदारको मृत्यु

sarusaru
२४ माघ २०७४, बुधबार ०२:३०

काठमाडौँ । कुवेतको कवादस्थित कम्बाईन्ड समुहमा कार्यरत हलेसी ५ खोटाङका ३९ बर्षीय नवराज राई मृत अवस्थामा फेला परेका छन्।

दुई बर्षदेखि कुवेतमा कार्यरत राईलाई कम्पनीको म्याम्पबाट नजिकैको खाली जग्गामा लडिरहेको अवस्थामा फेला पारेको उक्त कम्पनीमा कार्यरत रोलबहादुर विकले बताए।

उनी शनिबारको काम सकेर क्याम्पबाट बाहिर निस्केपछि कोठामा फर्केका थिएनन्।
-कान्तिपुर दैनिकबाट ।