१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आगलागीबाट १२ लाख मूल्य बराबरको क्षति

sarusaru
२४ माघ २०७४, बुधबार ०४:१५

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट सब्जीबजार नजिक मंगलबार राति आगलागी हुँदा १२ लाख मूल्य बराबरको क्षति भएको छ। आगलागीबाट स्थानीयबासी भक्तबहादुर दनुवारको दुई तले काठको घर, गहना, लत्ताकपडा जलेर नष्ट भएको हो।

राति करिब ९ बजे सुरु भएको आगलागी स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टराई जानकारी दिए।

तल्लो तलामा बसेर खानपिन तयार गरिरहेको अवस्थामा एक्कासी माथिल्लो तलामा आगो लागेको परिवारको भनाई छ।

एसपी भट्टले बिजुली सर्ट भई आगो लागेको अनुमान गरे।
-अन्नपूर्ण पोष्टबाट ।