१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकाले गर्‍यो विश्वकै शक्तिशाली रकेट सफलतापूर्वक प्रक्षेपण

sarusaru
२४ माघ २०७४, बुधबार ०४:५१

बीबीसी । अमेरिकाले विश्वकै सबैभन्दा शक्तिशाली रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। फाल्कन हेभी नामको उक्त रकेट बुधबार केनेडी सेन्टरमा रहेको स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ। यसलाई एक निजी कम्पनी इलोन मस्कको स्पेस एक्सले लन्च गरेको हो।

यस रकेटको ट्यांकमा एउटा कार राखिएको छ। यो गाडी अन्तरिक्षको कक्षमा पुग्ने पहिलो गाडी हुनेछ। यो रकेट अन्तरीक्षमा ११ किलोमिटर प्रति सेकेण्डको रफ्तारमा किस्कने छ। यो रकेट ७० मिटर लामो र ६४ टन तौल अन्तरिक्षमा लैजान सक्ने क्षमताको रहेको बीबीसीमा जनाइएको छ।

यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरको भार अन्तरिक्षमा लैजान सक्ने जनाइएको छ।
-डिसी नेपालबाट ।