१५ चैत्र २०८०, बिहीबार
Follow Us

एमालेको एकता प्रस्ताव माओवादीद्वारा अस्वीकार

नेपालब्रिटेन डट कम्
२४ माघ २०७४, बुधबार ०७:५०

काठमाडौं । नेतृत्वको विवादमा अल्झेको एमाले–माओवादी केन्द्रको एकता प्रक्रिया अघि बढ्न सकेको छैन । शीर्ष नेताहरुबीच पटक–पटकको छलफल पनि निष्कर्षमा पुग्न नसकेको नेताहरुको भनाई छ ।

प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद माओवादी केन्द्रलाई दिने पूर्वसहमतिबाट एमाले अध्यक्ष केपी ओली पछि हटेको भन्दै यही अवस्थामा एकता हुन नसक्ने माओवादीका नेताहरुले बताएका छन् । दैनिक जसो एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएपनि ठोस निष्कर्ष निस्किन नसकेको दुबै दलका नेताहरुले स्वीकार गरेका छन् ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले छलफल सकारात्मकरुपमा अघि बढेको बताउनुभयो । यद्धपि पदीय भागवण्डामा समस्या रहेको माओवादीका नेताहरुले बताएका छन् । एमालेले पछिल्लो पटक दुई अध्यक्षात्मक प्रणालीको प्रस्ताव अघि सारेको छ तर माओवादी केन्द्रले भने अस्वीकार गर्दै आएको छ ।