१२ बैशाख २०८१, बुधबार
Follow Us

देउवाले राजीनामा फागुन ६ गते आउने

नेपालब्रिटेन डट कम्
२४ माघ २०७४, बुधबार १०:१९

काठमाडौं । चौतर्फि आलोचना खेपेका प्रधानमन्त्री देउवाले प्रधानमन्त्री वाट राजीनामा दिने भएका छन् । निर्वाचनमा पार्टीले ब्यहोर्नुरिेको पराजयको कारण पार्टीभित्रै व्यापक आलोचना खेपेका देउवाले फागुन ६ गते राजिनामा दिने भएका हुन । प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएको र मत परीणामको आधारमा पनि प्रधानमन्त्री देउवाले राजिनामा नदिएको भन्दै चौतर्फि आलोचना हुदै आएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको भोलिपल्ट राजीनामा गर्नेगरी निकटहरुसँग छलफल चलाएको देउवा निकट श्रोतले बताएको छ ।
निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसअनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको राजिनामा फागुन ६ गते आउने छ । कानुन मन्त्री यज्ञबहादुर थापाले पनि चुनावी सरकार भएकाले चुनावको नतिजा आएपछि सरकारमा बसिरहन नमिल्ने बताए ।