६ बैशाख २०८१, बिहीबार
Follow Us

निर्देशक राजेन्द्र खड्गीमाथि उजुरी

sarusaru
२५ माघ २०७४, बिहीबार ०५:२६

नेपाली फिल्मका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । खड्गी नेपाली फिल्ममा सर्वाधिक द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । पछिल्लो समय भने उनी फिल्मबाट टाढा छन् ।
स्रोतका अनुसार, खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएका छन् । उनीविरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले बतायो ।

‘निर्देशक खड्गीविरुद्ध अनुसन्धान हुँदै छ । उनीविरुद्ध मानव तस्कर गरेको अरोप छ । सोहीअनुसार जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरेको हो । उनले मोटो रकम लिएर कोरियामा मान्छे लगेको र उतै लुकाएको उजुरी परेको छ । घटना सम्बन्धमा अनुसन्धान हुँदै छ । वास्तविकता अनुसन्धानपछि खुल्नेछ ।
-फिल्मी खबरबाट ।