१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्रले आज भुवनेश्वरस्थित लिंगराज मन्दिरमा पूजा गर्ने

नेपालब्रिटेन डट कम्
२५ माघ २०७४, बिहीबार ०६:११

भूपाल । भारतको धार्मिक भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह आज पनि विभिन्न धार्मिक कार्यक्रममा ब्यस्त रहने भएका छन् । पूर्व राजा शाहले आज उडिसाको भुवनेश्वरमा रहेको लिंगराज मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । पूर्व राजाले उक्त मन्दिरमा मध्यान्ह बा-ह बजे पूजा गर्ने कार्यक्रम रहेको छ । आजै पूर्व राजाले पुरीस्थित साक्षीगोपाल मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

साक्षीगोपाल मन्दिरमा दिउसो चार बजे पुग्ने बताइएको छ । यसअघि हिजो पूर्व राजा उडिसामा आयोजित विशेष धार्मिक कार्यक्रममा सहभागी भएका थिए । सोही अवसरमा पूर्वराजा शाहले संवोधन गर्दै सनातन धर्मले आध्यात्मिक जागरुकता ल्याउने बताएका थिए । सम्बोधन अघि पूर्वराजा ज्ञानेन्द्र शाहले उडिसाको जत्नीमा अन्तर्राष्ट्रिय गौ संरक्षण महोत्सवमा सहभागी भई पूजाअर्चनासमेत गरेका थिए ।

यसैगरी पूर्वराजा शाहले जत्नीमै गौशालाको समेत उद्घाटन गरे । धार्मिक भ्रमणमा रहेका पूर्वराजा शाहलाई कार्यक्रम आयोजक र स्थानीय सञ्चारमाध्यमहरुले राजाकै रुपमा सम्बोधन गरेका थिए । त्यस्तै फेब्रुवरी ९ र १० मा शाहले उडिसास्थित पुरी मठका जगतगुरु शंकराचार्य निश्चयनान्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औँ वर्षको अवसरमा आयोजित समारोहमा विशेष अतिथिको रुपमा सहभागिता हुनेछन् ।

पुर्वराजा शाह फेब्रुवरी ११ मा पुरीमा रहेको मन्दिरमा आयोजित विशेष पुजामा सहभागी हुने कार्यक्रम छ । सो दिन जगन्नाथ मन्दिरमा सर्वसाधारण श्रद्धालुलाई पुजा अर्चनामा समेत रोक लगाइएको छ । पुर्वराजा शाहलाई विमानस्थलमा बंगाल सरकार र उडिसामा पनि उच्च सुरक्षाको ब्यवस्था गरेको छ । यसअघि सन् २ हजार ३ मा पनि पूर्वराजा शाहले उडिसाको भ्रमण गरेका थिए ।