१३ बैशाख २०८१, बिहीबार
Follow Us

बंगलादेशको विपक्षी दलकी नेतृ जिया भ्रष्टाचारी ठहर, पाँच बर्ष जेल सजाय

नेपालब्रिटेन डट कम्
२५ माघ २०७४, बिहीबार ११:५४

ढाका । बंगलादेशको विशेष अदालतले विपक्षी दलकी नेत्रृ बेगम खालिदा जियालाई पाँच वर्षको जेल सजाय सुनाएको छ । विशेष अदालतले जियामाथि भ्रष्टाचारको अभियोग लगाएको छ । बालबालिका संबन्धी कोषका लागि आएको अन्तर्राष्ट्रिय सहयोगमा उनले अनियमिता गरेको भन्दै अदालतले उनलाई सो सजाय सुनाएको हो । यसैगरी जियाका छोरा तारिक हुसैनलाई पनि १० वर्षको जेल सजाय सुनाइएको छ । यता, अदालतको फैसला आए लगत्तै राजधानी ढाकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
फैसलाप्रति असन्तुष्टी जनाउदै जिया समर्थकहरुले अदालत अगाडी प्रदर्शन गरेका छन । प्रदर्शनकारीको भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरेको बताइएको छ । बंगलादेश नेस्नलीस्ट पार्टीकी अध्यक्ष समेत रहेकी जियाले आफुलाई फसाइएको प्रतिक्रिया दिएकी छन । ७२ वर्षिया जियाले अदालतको फैसलालाई राजनीतिबाट प्रेरित भनेकी छन । अदालतको फैसला पछि जिया यस वर्ष हुने आम निर्वाचनमा भाग लिन पाउने छैनन । पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नि खालिदा जिया यसअघि दुई पटक प्रधानमन्त्री भइसकेकी छन ।