१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दाहाल-ओली भेट : एकता संयोजन समितिको बैठक भोली

नेपालब्रिटेन डट कम्
२५ माघ २०७४, बिहीबार ११:५६

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक भोली बस्ने भएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटवार्तामा शुक्रबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ । नयाँ सरकार गठन अघि नै पार्टी एकतामा सहमति जुटाउने प्रयास स्वरुप दुई नेताहरुले छलफल अघि बढाएका हुन । पार्टी एकताका विषयमा सकारात्मक छलफल भएको र विस्तृतमा एकता संयोजन समितिको बैठकमा छलफल गर्ने समझदारी भएको नेताहरुले बताएका छन् । एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्ने बताइएको छ । वैठकमा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको बताइएको छ ।