१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

नेपालब्रिटेन डट कम्
२५ माघ २०७४, बिहीबार १३:५८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोली शुक्रबारलाई बोलाईको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदीय दलको विधान अनुमोदन गर्ने कार्यक्रम छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संसदीय दलको विधानमा प्रदेश संसदको व्यवस्था समावेश गरेर कांग्रेसले संसदीय दलको नयाँ विधान तयार पारेको थियो । उक्त विधान तयार पार्न डा. मिनेन्द्र रिजालको संयोजकत्वमा पार्टी मुख्यसचिव कृष्ण पौडेलसहितको समिति गठन भएको थियो ।
उक्त समितिले तयार पारेको विधानलाई कांग्रेस केन्द्रीय समितिको भोलि बस्ने आकस्मिक बैठकले अनुमोदन गर्ने छ ।