२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन यूकेका ४ सय सल्लाहकारलाई फेरी सम्मान

नेपालब्रिटेन डट कम्
२५ माघ २०७४, बिहीबार २३:०७

रमेश सराङकोटी ।
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले सल्लाहकार परिषदको पहिलो एतिहासिक बैठक औपचारिक रुपमा गर्ने निर्णय गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका संरक्षक, सल्लाहकार, कार्यसमिति तथा एनआरएन अभियन्ता विच एक परिचयात्मक कार्यक्रमका साथै सल्लाहकारहरुलाई औपचारिक सम्मान तथा सल्लाहकारहरुबाट संस्थाको गरिमालाई उचो बनाउन सुझाव र सल्लाह लिने कार्यक्रम तय गरिएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको यस कार्यसमितिले हालसम्म गरेको कार्यक्रमको प्रस्तुती एवम समिक्षा, आगामी दिनमा हुने कार्यक्रमको जानकारी प्रदान गर्नुका साथै सो बैठकमा प्र्राप्त सल्लाहकारहरुको सुझाव तथा सल्लाहलाई मनन गरि संस्थाको अल्प, मध्य तथा दीर्घकालीन रणनितीहरु तय गरिने कार्यक्रमको मुख्य उद्धेश्य हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका सम्पूर्ण संरक्षक, सल्लाहकारहरु, एनआरएन अभियन्ता तथा पदाधिकारीहरुलाई यसै सार्वजनिक सूचना मार्फत निमन्त्रणा गर्दै यो एतिहासिक अभियानमा उपस्थितीको लागि बिनम्र अनुरोधका साथ निम्तो गरिएको छ ।

फार्नबोरो अवस्थित होटल भिलेजमा कार्यक्रम आयोजित हुने भएकोले ब्यवस्थापकिय एवम दिवाभोजन प्रबन्धका लागि होटल ब्यवस्थापनलाई अग्रिम जानकारी दिनुपर्ने भएको हुदा फेब्रुअरी ११ तारीख सम्ममा उपस्थित तथा असमर्थताको जानकारी गराउन समेत अनुरोधका साथै सो को लागि मोबाईल नम्बर ०७७८७१९३९२८, ०७५७८५७१४७८ वा ईमेलस् थयनटठढडउजबनबmष्२नmबष्।िअयm प्रदान गरिएको छ ।

कार्यक्रमको थप जानकारीका लागि कार्य समितिका पदाधिकारीहरु वा अध्यक्ष श्री योग कुमार फगामीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।