१२ बैशाख २०८१, बुधबार
Follow Us

मलाया लाहुरेलाई ६० वर्षपछि मेडल प्रदान

नेपालब्रिटेन डट कम्
२५ माघ २०७४, बिहीबार २३:३०


दिनेश कुमार परियार ।

लण्डन । युद्ध लडेको ६० वर्ष पछि मेडल पाउँदा को खुशी नहोला । बुधबार बृद्ध गोर्खाहरु र उनका आफन्तहरुमाझ यस्तै खुशी र हर्षको पाउने दिन बन्यो । लण्डनको नर्थोल्ट पार्क सोसल क्लवमा मलाया लाहुरेहरुको गर्बका साथ मेडल थापे ।

एक्स बृटिश गोर्खा एशोसिएसन यूकेको पहलमा वेलायतमा रहेका भूतपूर्व गोर्खाहरुले मेडल पाएका हुन् ।

सन १९५२ देखि १९६८ सम्म तत्कालीन मलाया (हालको मलेसिया) लाई स्वातन्त्रता दिलाउन ब्रिटिस सेनाको रुपमा लडेका वीर गोर्खालीहरुलाई युद्ध लडेका ६० वर्षपछि मेडल प्रदान गरिएको हो ।

बिशेष कार्यक्रमको आयोजना गरी युद्ध लडेका मध्ये ९१ जना भूपू गोर्खा तथा उनका बिधवाले मेडल थापेका थिए ।

मलेसियन सरकारको तर्फबाट ब्रिग्रेडियर जनरल तथा मलेसिया हाइ कमिसनका डिफेन्स एडभाइजर मोहमद साइदले प्रमुख अतिथिको रुपमा उपस्थित भएर मेडल प्रदान गरेका थिए ।

मेडल प्रदान पछि वोल्दै सईद्ले गोर्खालीले गरेको योगदानको कदर गर्दै गोर्खाका विधवाहरुलाई मेडल गोर्खाहरुको सम्मान गर्ने बचन दिए ।

भूपू गोर्खा एशोसिएसनका अध्यक्ष रिटायर्ड मेजर चन्द्रु रार्इको अध्यक्षतामा भएको सो विषेश समारोहमा विषेश अतिथीको रुपमा लण्डन बरो अफ इलिङका डेपुटी लेफटिनेन्ट रिचर्ड कोरनिस्कीले वीर गोर्खालीहरु विश्वमै परिचित भएको उनीहरुको यागदानको चर्चा गरे ।

एशोसिएसनका उपाध्यक्ष रिडायर्ड मेजर मानबहादुर राईले भने मेडल वितरण गर्नमा ब्रिटिस सरकारको कारण ढिलो भएकोमा गुनासो गरे ।

कोषाध्यक्ष रिटियार्ड क्याप्टेन रुकुमबहादुर रानाले संचालन गरेको सो कार्यकममा एशोसिएसनको तर्फबाट प्रमुख अतिथी व्रीगेडियर जनरल मोहमद साइदलाई कोठीमारा खुकुरी उपहार प्रदान गरिएको थियो ।

तत्कालीन मलायालाई स्वतन्त्रता दिलाउन ब्रिटिस आर्मीको रुपमा विभिन्न बटालियन गरी आठ हजार नेपालीले १० वर्षसम्म लडाई लडेका थिए भने कयौं नेपालीले ज्यान गुमाएका थिए ।

उक्त युद्धमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, आयरल्याण्डलगायत कमन वेल्थका राष्ट्रहरुले पनि साथ दिएका थिए ।