७ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा वौद्धिक भेला हुँदै

नेपालब्रिटेन डट कम्
२५ माघ २०७४, बिहीबार २३:४०

होमप्रसाद लम्साल ।

अमेरिका- गैरआवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रको संयोजनमा आगामी मे महिनाको २६ र २७ तारिकमा अमेरिकाको टेक्सासमा बौद्धिक भेला आयोजना गरिने भएको छ। सो भेलामा अमेरिकामा रहेका नेपाली मुलका वैज्ञानिकहरु, डाक्टरहरु, सफल व्यवसायीहरु, अमेरिकाको राजनीतिमा संलग्न व्यक्तिहरु र अन्य विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई संलग्न गराईने भेला आयोजक गैरआवायी नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक गौरीराज जोशीले बताए।

भेलाको मुख्य उदेश्यहरु अमेरिकामा रहेर विविध विषयमा सफलता पाएका व्यक्तिहरुबीच एक आपसमा अन्तरक्रिया गरी नेपाली समुदायमा अन्य संभावनाहरुको खोजी गर्ने र मातृभुमिका लागि हातेमालो गर्न प्रेरित गरिने छ। दुई दिनसम्म चल्ने भेलामा विशिष्ट व्यक्तिहरुको कार्यपत्र प्रस्तुत हुनुका साथै सीप, क्षमता, संभावनाको खोजी र सहकार्य र समुदायलाई एकजुट बनाउने विषयमा गहन छलफल हुनेछ। भेलाबाट जारी हुने घोषणा पत्रलाई कार्यन्वयन गराउन एनआरएन अमेरिकाज् क्षेत्रभरी स्थानीय एनसिसि र च्याप्टरहरुलाई सक्रिय बनाईने क्षत्रेयि संयोजक जोशीले बताए। सो भेलामा अमेरिकाका लागि नेपाली राजदूत र अमेरिकाको विभिन्न राज्यमा रहेका वाणिज्यदुत तथा महावाणिज्यदूतहरु, विश्वविद्यालयहरुमा रहेका वैज्ञानिकहरु, विभिन्न राज्यमा रहेका सफल व्यवसायीहरु, अमेरिकी राजनीतिमा प्रवेश गर्दै गरेका व्यक्तिहरुलार्ई आमन्त्रण गरिने आयोजकले जनाएको छ।

भेलालाई सफल बनाउन मुल व्यवस्थापन समिति, विविन्न कार्यगत समितिहरु पनि निर्माण गरि तयारी थालिने बताईएको छ। प्रवासमा हुने यस्ता भेलाबाट नेपालको पर्यटन प्रर्वद्धनमा विकास, नेपालमा राजनीतिक संक्रमणकाल सकिएकोले लगानीका सम्भावना र चुनौतिका विषयलगायत विविध विषयमा विस्तृत छलफल गरी ठोष निष्कर्ष निकालिने बताइएको छ।

भेला एनआरएनको उपाध्यक्ष कुमार पन्त संयोजक रहेको एनआरएन एकेडेमीले आगामी अक्टोबरमा नेपालमा गरिने भेलाको मिनि भेलाको रुपमा अमेरिकामा गर्न लागिएको हो।