१५ चैत्र २०८०, बिहीबार
Follow Us

रुट पर्मिट नभएका सवारीसाधन काठमाडौं फिर्ता

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७३, शनिबार १४:५७

काठमाडौं । प्रहरीले काभ्रेस्थित अरनिको राजमार्ग र विपी राजमार्गमा चल्ने सवारी साधनहरुमध्ये रुट पर्मिट नभएका सवारी साधन काठमाडौंतर्फ फिर्ता पठाएको छ ।

राजमार्गका विभिन्न चेकप्वाइन्टमा खटिएको प्रहरीले शुक्रबार र शनिबार क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै रुट पर्मिट नभएका ११ सवारी काठमाडौँतर्फ फिर्ता पठाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, क्षमताभन्दा बढी यात्रु राख्ने ४० सवारी साधनलाई कारबाही गरी रु २७ हजार ५०० राजस्वसमेत सङ्कलन गरेको छ । यसैगरी, बिहीबार रुट पर्मिट नभएका ७२ सवारी साधन फिर्ता पठाएको थियो ।

गएको सोमबार काभ्रेको बिर्ता देउराली–७, खहरेखोलामा भयानक दुर्घटना भएपछि प्रहरीले रुटपर्मिटलगायतमा कडाइ गर्दै आएको छ ।