१२ बैशाख २०८१, बुधबार
Follow Us

एमाले प्रदेश नं १ संसदीय दलका नेतामा राई

नेपालब्रिटेन डट कम्
२६ माघ २०७४, शुक्रबार १२:२२

काठमाडौं । नेकपा(एमाले) प्रदेश नं. १ को संसदीय दलका नेतामा शेरधन राई निर्वाचित हुनुभएको छ । राई भोजपुरबाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो ।
जिल्ला समन्वय समितिस्थित संसदीय कार्यालयमा आज सम्पन्न निर्वाचनमा राईले २६ र उहाँका निकटतम प्रतिद्वन्द्वी भीम आचार्यले २४ मत प्राप्त गर्नुभएको थियो । एक मत बदर भएको छ । प्रदेश नं १ मा एमालेका ५१ प्रदेशसभा सदस्य छन् ।
सोही अवसरमा प्रदेश नं १ मा संसदीय दलको निर्वाचनका लागि गठित तीन सदस्यीय निर्वाचन टोलीले निर्वाचित राईलाई प्रमाणपत्र प्रदान ग-यो । सञ्चारकर्मीसँग कुरा गर्दै नेता राईले संसदीय दलको बैठक बसेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । संसदीय दलको नेतामा निर्वाचनमा पराजित आचार्यले अब आपूm पार्टीको कार्यमा जुट्ने बताउनुभयो । प्रदेश नं १ मा सभामुखको चयन यही माघ २९ गते हुँदैछ ।