१५ चैत्र २०८०, बिहीबार
Follow Us

छुल्ठिम सङ्ग “तिमीले सुनेउ र के” भन्दै समिर {भिडियो रिलिज}

नेपालब्रिटेन डट कम्
२६ माघ २०७४, शुक्रबार १२:४६

काठमाडौं । नेपाली मोडलङ्गको दुनियामा नयाँ मोडल उदय भएको छ । आफ्नो पहिलो भिडियोबाट निकै सन्तुस्ट भएका मोडल समिर तामाङ्ग अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली चलचित्र कि चर्चित नायिका छुल्ठिम गुरुङगसंग स्क्रिन सेर गरेका समिर भन्छन मेरो पहिलो कोसिस निकै सफल भएको मैले महसुस गरेको छु । निर्देशक फराज अर्पणको शब्द संगीतमा सजिएको गीतमा डेभिड शखंरको आवाज रहेको छ ।
निर्देशक फराज अर्पण कै निर्देशन रहेको भिडियो लाई सँगस नेपालको युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । मैले म्युजिक भिडियो अभिनय गर्ने सोच गर्दै थिए त्यतीकैमा फराजजी संग भेट भयो र वहाले नै छुल्ठिमजी संग भिडियो गर्नु हुन्छ त भन्नु भयो र मैले नि हुन्छ भन्दिए, सुरुमा डराएको थिए तर काम गर्दै जाँदा सहज भयो र अहिले भिडियो पनि राम्रो भयो खुसि लग्यो भिडियो राम्रो बनेको छ ।
त्यस्तै नायिका छुल्ठिम गुरुङ पनि भन्नु हुन्छ “मलाई फराज जी संग काम गर्ने ठुलो इच्छ्या थियो हाम्रो ४ बर्ष अघि काम गर्ने कुरा नि भएको थियो तर अहिले आएर मौका पाए काम पनि राम्रो भयो खुशी छु म भिडियो पनि निकै राम्रो बनेको पनि छ ।