१५ बैशाख २०८१, शनिबार
Follow Us

स्पेन नेपालमा राजदूतावास खोल्न सकारात्मक

नेपालब्रिटेन डट कम्
२६ माघ २०७४, शुक्रबार २०:४९

स्पेन । स्पेनका पदाधिकारी नेपालमा स्पेनको राजदूतावास खोल्न सकारात्मक देखिएका छन् । स्पेनका लागि नेपाली राजदूतसँगको छलफलमा यहाँका पदाधिकारी सकारात्मक देखिएका हुन । पररास्ट्र मन्त्रालय स्पेनका एसिया, उत्तर अमेरिका तथा प्यासिफिक क्षेत्र हेर्ने महानिर्देशक फिडेल सेन्दागोर्ताले नेपाली राजदुत भरत बहादुर रायमाझीसँगको भेटघाटको क्रममा सो कुराको आश्वासन दिएका हुन ।

एनआरएन युरोपका उप सयोजक तथा नेपाल टुरिजम बोर्डका स्पेन प्रतिनिधि एकराज गिरीका अनुसार स्पेन राजदुतावास नेपालमा स्थापना गर्न गरिएको आग्रहहमा महानिर्देशक सेन्दागोर्ताले आर्थिक मन्दीका कारण नयाँ राजदुतावास खोल्न नसकिएको र नयाँ राजदूतावास खोल्ने निर्णयसँगै नेपाललाई पहिलो प्राथमिकतामा राख्ने बताएका थिए ।