१३ बैशाख २०८१, बिहीबार
Follow Us

जापान भ्रमणमा रहेको नेपाली टोली र एनआरएनए बिच छलफल

नेपालब्रिटेन डट कम्
२६ माघ २०७४, शुक्रबार २३:३१

टोकियो । जापान पुगेको नेपाली टोली र गैर आवासीय नेपाली संघ (एनआरएनए) बिच छलफल भएको छ ।

जनवरी २८ तारिखमा जापानको टोकियोमा आयोजित ‘नेवाः फूड फेस्टिवल २०१८’ मा सहभागी हुन जापान पुगेका नेवाः जागरण मञ्चका अध्यक्ष सुजिव बज्राचार्य तथा मञ्चका संयोजन समितिका सदस्य एवंम सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष निरञ्जन रत्न शाक्य तथा एकीकृत वस्ती पुनःनिर्माण अभियानका संयोजक मचाराजा महर्जनको टोलीले गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टसंग भेटघाट गरेको हो ।

भेटघाटका क्रममा भएको छलफलमा नेपालमा गएको भूकम्पपछि काठमाण्डौंका पुराना वस्तीहरु अत्यन्त नाजूक स्थितीमा रहेको र उक्त पुरानो वस्तीलाई व्यवस्थित गरि परम्परागत नेवार शैलीमा पुनःनिर्माण गर्न लागेको बारे वस्ती पुनःनिर्माण अभियानका संयोजक महर्जनले जानकारी दिएका थिए ।

भेटघाटमा लाप्राकमा एकीकृत वस्ती निर्माण गरिरहेको र काठमाडौंमा निर्माण हुन लागेको एकीकृत वस्ती पुनःनिर्माण अभियानलाई सक्दो सहयोग गर्न एनआरएनए तयार रहेको अध्यक्ष भट्टले बताएका थिए । काठमाडौंका भूकम्पग्रस्त पुरानो बस्तीहरुमा भ्रमण गर्ने अध्यक्ष भट्टले बाचा गरेका छन् ।