१५ चैत्र २०८०, बिहीबार
Follow Us

डाँफेलाई सहारा अस्ट्रेलियाको उपाधि

नेपालब्रिटेन डट कम्
२७ माघ २०७४, शनिबार ००:५९

अस्ट्रेलियामा सञ्चालित सहारा अस्ट्रेलिया लिग फुटबलको उपाधि डाँफे फुटबल क्लबले हात पारेको छ।

सहारा क्लब अस्ट्रेलियाको आयोजनामा सञ्चालित लिगको फाइनलमा सगरमाथा क्लबलाई ३ -१ गोलले हराउँदै डाँफेले उपाधि जितेको हो।

नेपालको पोखरालाई केन्द्र बनाएर समाजिक तथा खेल क्षेत्रमा लागि परेको सहारालाई प्रवासमा बिस्तार गर्ने योजना बमोजिम राजमान थकालीले सहारा अस्ट्रेलिया स्थापना गरेका हुन्।

यो वर्षदेखि प्रारम्भ भएको सहारा अस्ट्रेलियाको पहिलो संस्करण जितेको डाँफेले सिड्नीको व्यवसायीक फुटबलमासमेत सहभागिता जनाएको छ।

‘यो उपाधिले हामीलाई उत्साह थप्नुका साथै आगामी दिनमा यहाँको फुटबलमा अझ बढी लाग्ने प्रेरणा मिलेको छ,’ प्रशिक्षक जगदिश खडकाले भने।

निकै प्रतिस्पर्धात्मक फाइनलमा एफसी डाँफेले प्रतिद्धन्द्धीमाथि दबाब सृजना गर्दै सगरमाथालाई पराजय स्वीकार्न बाध्य बनाएको थियो।

डाँफेको यो उपाधि खेलाडीको मिहिनेतको फल भएको ब्यवस्थापक तेजमान तामाङले बताए। सिड्नीमा रहेको आ ठवटा नेपलाी क्लबको सहभागितामा लिग सन्चालन भएको थियो।