जापान  | बागलुङबाट जापान आइ बसोबास गरेका बागलुङहरुको साझा संजाल बागलुङ समाज जापानको दोश्रो अधिवेशन यहि फेब्रुवरी महिनाको ११ तारिक टोकियोमा सम्पन्न हुने भएको छ।

टोकियोको शिन ओकुवो स्थित सोलमारी मुरा हलमा दिउसो २:०० बजेदेखी अधिवेसन शुरु गरिने समाजका महासचिव कृष्ण सुबेदीले जानकारी दिनु भयो ।
अहिले आवस्यक कामको सम्पूर्ण तैयारी भैसकेको र हिजै देखि साधारण सदस्यता समेत खुलाइएको कुरा समाजका कोषाध्क्ष्य सिद्दार्थ श्रेष्ठले दिब्यदृष्टिलाइ बताउनु भयो | समाजले छोटो समयमै निकै राम्रा कामहरु गरेको कारणले अहिले समाजमा आउन चाहने धेरै रहेको उहाँको बुझाई छ |