१६ चैत्र २०८०, शुक्रबार
Follow Us

३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको उद्घाटन

नेपालब्रिटेन डट कम्
२७ माघ २०७४, शनिबार १०:१०

दार्चुला । राष्ट्रिय गौरबको चमेलिया जलविद्युत आयोजनाको आज प्रधानमन्त्री शेरवहादुर देउवाले उदघाटन गरेका छन । स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको ३० मेगावाटको आयोजनाको प्रधानमन्त्री देउवाले एक विशेष कार्यक्रमका बीच उदघाटन गरेका हुन ।

बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २ हजार ६३ सालको पुसदेखि निर्माण सुरु भएको आयोजनाले एक महिना अघि नै परीक्षण उत्पादन गरिसकेको छ । निर्माण शुरु भएको एघार बर्षपछि आयोजना निर्माण पुरा भएको हो । साढे ८ अर्ब लागत अनुमान गरिएको आयोजना पुरा हुँदा १६ अर्ब भन्दा बढि खर्च भएको छ । आयोजनाले वार्षिक १८ करोड ४२ लाख युनिट विद्युत उत्पादन गर्ने छ । आयोजनाका अनुसार वार्षिक एक अर्ब १० करोड आम्दानी हुने र त्यसबाट उठेको रोयल्टीको १० प्रतिशत स्थानीयले पाउने छन् ।

चमेलियाको बिजुली स्थानीयले तत्काल उपभोग गर्न नपाउने भएका छन् । स्थानीय स्तरमा विद्युत प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नभएकाले स्थानीयले विजुली बाल्न नपाएका हुन ।