७ बैशाख २०८१, शुक्रबार
Follow Us

मिनिसोको शाखा चितवनमा

नेपालब्रिटेन डट कम्
२७ माघ २०७४, शनिबार १३:१६

भरतपुर । जापानिज ब्राण्डको आधिकारीक विक्रेता मिनिसोको ७ औँ शाखाको शनिबार चितवनमा उद्घाटन गरिएको छ । चितवन शाखाको पुर्व मिस नेपाल अस्मि श्रेष्ठ, कलाकार सन्दिप क्षेत्री, चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग संघका अध्यक्ष भेषराज दवाडी लगायतले रिवन काटेर उद्घाटन गरेका हुन् ।
मिनिसोको जम्मा १० हजार प्रकारका सामानहरु रहेकोमा नेपालमा ४ हजार प्रकारका सामान पाइने मिनिसो नेपालका प्रवन्ध निर्देशक आशाराम तन्दुलकारले बताए । मिनिसोको विश्वका ७० वटा देशमा क्षेत्र विस्तार गरिएको तन्दुलकारले जनाए ।
डेढ वर्ष अद्यि नेपाल भित्रिएको यस कम्पनिले नेपालीहरुले प्रयोग गर्ने खानाका सामान बाहेकका ७५ प्रतिशत सामान विक्रि गर्ने मिनिसोका चितवन शाखाका प्रवन्ध निर्देशक विष्णु न्यौपानेले जानकारी दिए । अन्य स्टोरहरुमा भन्दा केहि सुपथ र टिकाउ सामानहरु मिनिसोले विक्रि गर्दै आएको उनले दाबी गरे ।
करिब ५ करोडको लगानीमा शाखा विस्तार गरिएको उनले बताएका छन् । सोही अवसरमा शाखाले मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । शाखा प्रबन्धक विष्णु न्यौपानेले संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँणलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।