१३ बैशाख २०८१, बिहीबार
Follow Us

राजपा र फोरमबिच सहमति, राजपाले सभामुख र तीन मन्त्रालय लिने

नेपालब्रिटेन डट कम्
२७ माघ २०७४, शनिबार १३:३७

काठमाडौ । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच सहमति भएको छ । फोरम नेपालले मुख्यमन्त्री र उपसभामुख सहित तीनवटा मन्त्रालय र राजपा नेपालले सभामुख सहित तीनवटा मन्त्रालय बाँडफाँड गरेको छ । फोरम नेपालले , समाजिक सुरक्षा र कृषि मन्त्रालय सहित तीन मन्त्रालय पाएको छ भने राजपा नेपालले भौतिक योजना, समाजिक विकास र पर्यटन मन्त्रालय गरी तीन मन्त्रालय पाएको छ ।

फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा यी दुई दलको बीचमा छलफल भएको थियो । यसअघि माघ २३ गते जनकपुरमा यी दुई दलको बीचमा भएको छलफल भएको थियो । सो छलफलमा राजपा नेपालले तीन बुँदे प्रस्ताव राखेको थियो । मुख्य मन्त्री र दुई मन्त्रालय, सभामुख र चार मन्त्रालय तथा चक्रिय प्रणालीमा मुख्य मन्त्री गरी तीन प्रस्ताव राखेको थियो । यी प्रस्ताव प्रति फोरम नेपाल सकारात्मक थिएन । आज छलफल हुँदा चक्रिय प्रणाली हटाएर तीन तीन मन्त्रालयमा सहमति गरेको छ ।

फोरम नेपालले पाउने मन्त्रालयहरूः
मुख्यमन्त्री, उप सभामुख, आन्तरिक मामला गृह तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अर्थ तथा योजना मन्त्रालय ।

राजपाले पाउने मन्त्रालयहरूः
सभामुख, भौतिक पूर्वाधार मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र समाजिक विकास मन्त्रालय