१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती प्रधानमन्त्री मेले दिइन् नेपाली उम्मेदवारलाई शुभकामना

नेपालब्रिटेन डट कम्
२७ माघ २०७४, शनिबार २१:५७

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मे लण्डनमा स्थानीय निकायको चुनाव लड्दै गरेका एक नेपालीको चुनावी अभियानमा सामेल भएकी छन् ।

लण्डन बरो अफ बार्नेटमा सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर उम्मेदवार लक्ष्य गुरुङलाई प्रधानमन्त्री मेले विजयको लागि शुभकामना दिदैं उनको प्रचारमा समेत सहभागी बनेकी हुन् ।

मेले गुरुङसंग चुनावी अभियान कसरी अघि बढ्दैछ भन्ने जिज्ञाषा राखेकी थिइन् ।
शनिबार बिहान आफ्नो पार्टीको चुनावी अभियानबारे बुझ्न प्रधानमन्त्री लण्डनकोे बार्नेट काउन्सिलमा पुगेकी थिइन् । सोहि काउन्सिलको हेल वार्डबाट गुरुङ कञ्जरभेटिभ पार्टीका उम्मेदवार हुन् ।