१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारद्वारा तीन जना राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस

नेपालब्रिटेन डट कम्
२८ माघ २०७४, आईतवार ०८:११

काठमाडौं । सरकारले तीन जना राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । कानुन मन्त्री यज्ञबहादुर थापाका अनुसार सरकारले सिफारिस गरेका नाममा गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको रहेका छन् । बस्नेत कांग्रेसको झापा जिल्ला पूर्व सभापति हुन्र भने पौडेल कांग्रेसकै पार्टी कार्यालय मुख्य सचिव हुन् । सवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभाको ५९ जना हो । जसमध्ये ५६ जना प्रत्येक प्रदेशबाट ८र८ जनाका दरले चुनिएर आउनेछन् भने ३ जना राष्ट्रपतिद्धारा मनोनित हुने व्यवस्था छ ।