१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बेलायतबाट दुई पत्रकार

नेपालब्रिटेन डट कम्
२८ माघ २०७४, आईतवार १३:३९

काठमाडौं । नेपाल पत्रकार महासंघले गठन गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बेलायतबाट दुईजना पत्रकारलाई समावेश गरिएको छ । पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी र पूर्वअध्यक्ष चिरन शर्मालाई समितिको सदस्यमा मनोनय गरिएको हो ।
समितिको संयोजकमा सभापति गोविन्द आचार्य, सहसंयोजकमा महासचिव रमेश विष्ट रहेका छन् । सदस्यहरुमा अनिता विन्दु, श्वेता सिन्हा, टीकाराम प्रधान, राधेश्याम दाहाल, हेमन्त काफ्ले, भुषण घिमिरे , धर्मेन्द्र कर्ण, राजकुमार दिक्पाल, सञ्जय घिमिरे, दिवाकर बागचन्द, आङछिरिङ शेर्पा, पवन वर्षा शाह, सरिता ढकाल, शान्ता बस्नेत, गणेश बन्जाडे, दामोदर नेपाल, चेतनाथ आचार्य, भूपराज बस्याल, लोकेन्द्र शाह, खेम कार्की र भोला आचार्य रहेका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत शुक्रबार र शनिबार काभ्रेको धुलिखेलमा बसेको महासंघको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको छ ।