१५ चैत्र २०८०, बिहीबार
Follow Us

अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी

नेपालब्रिटेन डट कम्
२८ माघ २०७४, आईतवार २०:१६

अष्ट्रेलिया — नेपालको पर्यटन प्रबर्द्धन र नेपाली कला संस्कृतिको पहिचान दिलाउने उद्देश्यका साथ पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सवको आयोजना हुने भएको छ । आयोजकले महोत्सवको तयारी सुरु गरिसकिएको जनाएको छ ।

प्रवासी नेपालीहरुको संगठन एनआरएनले आयोजना गर्न लागेको कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम, झाँकीहरुका साथै नेपालको पर्यटन प्रबर्द्धनका लागि बिभिन्न स्टलहरु समेत राखिने महोत्सव संयोजक दीपक शर्माले जानकारी दिए । एनआरएन पश्चिम अष्ट्रेलियाले यही मार्चको ३१ तारिखमा पर्थको एलिजाबेथ क्युमा आयोजना हुने कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै नेपाली समुदायहरु, एनआरएन नेता तथा प्रतिनिधिहरु, दुतावासका अधिकारीहरु र पश्चिम अष्ट्रेलियास्थित उच्च राजनैतिक नेतृत्वहरुको उपस्थिती रहने शर्माको भनाई छ ।

‘हामीले प्रत्येक दुईबर्षमा आयोजना गर्ने प्रयास गरेको भएपनि पर्थमा यो चारवर्षपछि हुन लागेको हो,’ एनआरएन पश्चिम अष्ट्रेलियाका संयोजक समेत रहेका शर्माले भने । महोत्सवले पर्थमा नेपाली समुदायको कलासंस्कृति र परम्पराको पहिचानमा अभिबृद्धि हुने मात्र नभई नेपाली समुदायको पहिचानलाई समेत बलियो बनाउने उनको दाबी छ ।