१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए युगान्डाले गर्यो अफ्रिकामा रक्तदान

नेपालब्रिटेन डट कम्
२८ माघ २०७४, आईतवार २०:२२

कम्पाला ,युगान्डा । गैरआवासीय नेपाली संघ युगान्डाले युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ । बिश्वब्यापी रक्तदान कार्यक्रम अभियान चलाउदै हिडिरहनु भएका अमेरिकाका एनआरएन रक्तदाता अर्जुन प्रसाद मैनाली बिशेष अतिथिका रुपमा सहभागी हुनु भएको यस कार्यक्रममा उहाले १६१ औ पटक रक्तदान गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै मैनालीले नेपालिहरुले अफ्रीकी मुलुकमा आएर आफ्नो पाखुरामा सुइ घुसारी प्लास्टिकको थैला भरी रगत दिनु चानचुने कुरा नभएको बिचार ब्यक्त गर्दै जिबनमा कमसेकम एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी ब्लड बैंक युगान्डाका प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरुको यस मानबिय कार्यको लागि आभार ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा एनआरएनए युगान्डाका अध्यक्ष राजमणी भन्डारी , पुर्ब अध्यक्ष रमेश कंडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गङालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, प्रबक्ता कमल भट्ट लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

एक सय एक जनाले रक्तदान गर्नु भएको उक्त कार्यक्रममा नेपाली , भारतिय , पाकिस्तानी , अरबेयिन र स्थानिय युगान्डाका नागरिकहरुले समेत रक्तदान गरेका थिए ।