१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोर्खा च्यानलको प्रणय दिवस

नेपालब्रिटेन डट कम्
२९ माघ २०७४, सोमबार ००:४५

लन्डन । भ्यालेन्टाइन डे (प्रणय दिवस) आउन थोरै समय बांकी रहंदा बेलायतमा विभिन्न कार्यक्रम तय गरिएका छन् ।

१४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे परेपनि सप्ताहन्त कयौं कार्यक्रम गर्न लागिएको हो । यो माहोललाई छोपेर गोर्खा स्टुडियोले एक कार्यक्रमको आयोजना गरेको थियो ।

गोर्खा स्टुडियोले आगामी १० फेब्रुअरी शनिबार सांझ लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा भ्यालेन्टाइन विशेष कार्यक्रम सम्पन्न भयो ।

चांद लामाको डिजे, डान्स र डिनरसहितको उक्त प्रेमिल सांझमा गोर्खा स्टुडियोको औपचारिक शुभारम्भ गरेका थिए । गोर्खा स्टुडियोले उत्पादन गरेको कार्यक्रम दम्पत्ति सिजन २ पनि सोही सांझबाट प्रसारणमा आएको छ । गोर्खा स्टुडियो विमला सेने, देव गुरुंग र दिनेशकुमार परियारले सञ्चालन गरेका हुन् ।

कार्यक्रममा उत्कृष्ट ड्रेस, क्याटवाक र डान्स गर्ने जोडीलाई सरप्राइज गिफ्ट प्रदान गरियो ।