११ बैशाख २०८१, मंगलवार
Follow Us

समानुपातिक सूचि बुझाउँदै कांग्रेस

नेपालब्रिटेन डट कम्
२९ माघ २०७४, सोमबार ०६:३५

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदको सूची तयार पारेको छ । निर्वाचन आयोगले मागे बमोजिम पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार काँग्रेसले समावेशी समूह मिलाएर सूची तयार पारेको हो । काँग्रेसले समानुपातिकतर्फ पार्टीले पाएको ४० सिटको नामावली आज निर्वाचन आयोगलाई बुझाउने बताइएको छ ।

यस्तै, माओवादी, मधेस केन्द्रित दुई दल फोरम र राजपाले पनि प्रतिनिधिसभा समानुपातिकतर्फको सांसद सूची आयोगलाई आज बुझाउने तयारी गरेका छन् ।

समानुपातिकतर्फ कांग्रेसले ४०, माओवादीले १७, संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट जितेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक रूपमा सूची टुंगो लागे पनि प्राविधिक ‘समूह’ मिलाउन बाँकी रहेको जानकारी दिनु भएको छ । समानुपातिक सूचीको प्राविधिक समूह’ मिलाउन आज विहान कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी कांग्रेसको कुल ७६ सांसद हुनेछन् । जसको ३३ प्रतिशत अर्थात् २६ महिला हुनुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रिय सभामा ६ जना महिला निर्वाचित भएकाले कांग्रेसले अब प्रतिनिधिसभाको समानुपातिकतर्फ २० जना महिला पठाए पुग्ने बताइएको छ ।