१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन अध्यक्ष भट्टद्वारा पुस्तकालयको उद्घाटन

नेपालब्रिटेन डट कम्
२९ माघ २०७४, सोमबार ०८:०१

हेटौंडा । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले हेटौँडा–४ चिल्ड्रेन पार्कमा रहेको नेपाल जर्नी सार्वजनिक पुस्ताकालयको गत शनिबार उद्घाटन गरे । अध्यक्ष भट्टले सामुदायिक हितमा पुस्तकालयको ठूलो महत्व रहेको र यसको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले एनआरएनले पनि संस्थागत रुपमा सामाजिक हितमा काम गरिरहेको बताए । उनले आगामी दिनमा यसलाई निरन्तरता दिने र देशको आर्थिक समृद्धिमा टेवा पु-याउन गैरआवासीय नेपालीहरु नेपालीहरु सधैं तत्पर रहेको बताए । उनले सानादेखि ठूलो योजनामा गैरआवासीय नेपालीले संस्थागत र व्यवक्ति रुपमा नेपालमा लगानी गरिरहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नेपाल जर्नीकी संस्थापक अध्यक्ष मौसमी श्रेष्ठ, पूर्व सांसद अनन्त पौडेल, शिक्षासेवी पुरनबहादुर जोशी, ब्रम्हकुमारी राजयोगका विभिन्न पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

४० लाख रुपैँयाको लागतमा संचालनमा आएको पुस्कालयका लागि नेपाल जर्नीले ३० लाख रुपैँया सहयोग गरिएको थियो भने १० लाख रुपैँया विभिन्न दाताबाट संकलन गरिएको कार्यक्रममा जानकारी दिइयो । पुस्तकालयमा ४५ हजार पुस्तक रहेको यसको व्यवस्थापन हेरिरहेको बम्हकुमारी राजयोग हेटौँडाले जनाएको छ ।