७ बैशाख २०८१, शुक्रबार
Follow Us

मुख्यमन्त्री पौडेलद्वारा पदबहाली

नेपालब्रिटेन डट कम्
२९ माघ २०७४, सोमबार ०८:०७

काठमाडौं । प्रदेश नं ३ नं प्रदेशका नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले आज अपराह्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्नुभयो ।

पदबहालीपछि आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को सन्तुलित विकासका लागि सीमित स्रोत साधन परिचालन गरी १३ वटा जिल्लामा नमूना शहर बनाउनु आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको काम अगाडि बढाउन आवश्यक कानून निर्माण तथा परिमार्जन गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले राष्ट्रसेवकले ऐन कानूनको परिधिभित्र रहेर जनमुखी सेवा प्रवाह गर्न र आर्थिक अनुशासन कायम राख्न आग्रह गर्नुभयो । उहाँले हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा गई आजै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । त्यस अवसरमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले पनि शहीद स्मारकमा पुष्पगुच्छा चढाउनुभएको थियो ।