१३ बैशाख २०८१, बिहीबार
Follow Us

सिटौला पक्षको भेला : नेतृत्वले पार्टी हाँक्ने हैसियत गुमायो : गगन

नेपालब्रिटेन डट कम्
२९ माघ २०७४, सोमबार १०:१६

काठमाडौं । विभिन्न चरणमा भएका निर्वाचनहरुमा नेपाली कांग्रेसले पराजय भोगेपछि विभिन्न खाले टिकाटिप्पणी र समिक्षा भइरहेका छन् । यसै सिलसिलामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतको समुहले वर्तमान नेतृत्व मार्फत पार्टी सुढृढीकरण सम्भव छ की विकल्प खोज्ने भन्ने विषयमा निकटका नेता तथा शुभेच्कछुहरुसँग परामर्श थालेको छ ।

नेता सिटौलाले पार्टी तल देखि माथीसम्मको अवस्था कमजोर हुँदै गएको भन्दै आफू निकटका नेताहरुसँग नेतृत्वबारे परामर्श गरेका हुन । काठमाडौंको एक होटलमा आइतबार भएको सिटौला पक्षीय नेता हरुको भेलामा नेता सिटौलाले पार्टी संचालनको पद्दती परिवर्तन नभए पार्टी झनै कमजोर हुने भन्दै वर्तमान संस्थापन पक्षले नै पार्टी संचालन गरेर नेतृत्व दिन सक्ने कि विकल्प खोज्ने भन्ने विषयमा परामर्श थालेका हुन् ।

भेलामा नेता सिटौलाले वर्तमान नेतृत्वले देशलाई नेतृत्व दिन सक्ने अवस्था अहिलेकै अवस्थामा नरहेको भन्दै कांग्रेसका लागि झनै चुनौती थपिएको र नेतृत्वलाई सुधार्न आवश्यक रहेको बताए । त्यसका लागि सबैको सहयोग र सुझाव अनुसार वर्तमान नेतृत्व नै सुधारिएर अघि बढ्न सक्ने वा विकल्प खोज्ने भन्ने विषयमा देशैभर छलफल चलाउने विषयमा समेत वहस भएको छ ।

नेता सिटौलाले कांग्रेसलाई देशलार्इ हाक्न सक्ने बनाउन र गति दिन सक्ने बनाउन ढिला भइसकेको भन्दै रणनीतिमा फेल भएको नेतृत्वले पार्टी हाँक्न सक्ने हैसियत गुमाएकाले सुधारको आवश्यकता रहेको औंल्याए । नेता गगन थापाले देश ठूलो परिवर्तनको फड्को मारेर अघि बढेर आएको भन्दै अब अर्को फड्को कांग्रेसकै नेतृत्वमा आवश्यक रहेको बताए ।

उनले संविधानको मालिक कांग्रेस नै भएको भन्दै अबको नेतृत्व बर्तमान पार्टी सभापती र बरिस्ठ नेताको नेतृत्वमा सम्भव नभएको भन्दै नयाँ ढंगबाट अघि बढ्नुपर्ने स्पष्ट पारे । कार्यक्रममा भीमसेनदास प्रधान, उमाकान्त चौधरी, प्रदिप पौडेल, धना खतिवडासहितको उपस्थिति रहेको छ ।