१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनमा अब ५ उपाध्यक्ष

नेपालब्रिटेन डट कम्
२९ माघ २०७४, सोमबार २१:०७

लण्डन । गैरआवासीय नेपाली संघको विद्यानलाई काठमाण्डौंस्थित प्रराष्ट्रमन्त्रालयले स्वीकृति दिएको छ । संघको गत अक्टोवरमा सम्पन्न विश्वसम्मेलनद्धारा प्रस्तावित विद्यानलाई मन्त्रायले स्वीकृत प्रदान गरेको हो । नयाँ विद्यान अनुरुप अब संघको उपाध्यक्षमा ५ जनाले प्रतिस्पर्धा गर्न पाउँने भएका छन् । १ महिला र ४ खुल्ला तर्फ उपाध्यक्ष पदमा निर्वाचन हुने नयाँ व्यवस्था गरिएको छ ।