७ बैशाख २०८१, शुक्रबार
Follow Us

निगमका थप दुई विमान काठमाडौंमा

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७४, मंगलवार १३:०९

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको छ । चीनबाट खरिद गरेर ल्याएको ‘वाइ १२’ विमान आज त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । चीनको हर्बिन शहरबाट उडेका दुई विमान बंगलादेशको ढाका हँुदै दिउँसो काठमाडाँै आइपुगेको निगमका प्रवक्ता रिवन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले छवटा जहाज थपेको हो । तीमध्ये चारवटा जहाज यसअघि नै आइसकेका थिए । छ वटामध्ये दुई वाई १२ र एमए ६० विमान चिनियाँ अनुदानका हुन् भने बाँकी चिनियाँ एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता चालकसहित १९ सिट हो । दुई वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठवटा जहाज भएका छन् । प्रवक्ता श्रेष्ठले थपिएका विमान हालकै गन्तव्यमा उडान भर्ने र पछि अन्य गन्तव्यमा पनि विस्तार गर्ने योजना रहेको बताउनुभयो । चीनबाट एक प्रशिक्षकसहित दुईजना क्याप्टेनको टोली एक महिनापछि नेपाल आउने र त्यसपछि ती जहाजको उडान भरिने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताउनुभयो ।

निगमले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ नाइन एसिबी– ५७५ र एयरवस ए–३२० विमानबाट उडान भर्दै आएको छ । निगमले थप दुई वाइड बढी विमान आगामी वैशाखसम्म भित्रयाएर अन्य गन्तव्यमा उडान भर्ने तयारी गरेको छ ।