८ बैशाख २०८१, शनिबार
Follow Us

बर्मामा नेपाली गायक गायिका दर्शक नचाउँदै

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७४, मंगलवार २२:२३

बैंकक। ‘कर्म भए बर्मा गइन्छ’ भनेझैं बर्मा पुगेर नेपालका प्रख्यात गायक अान्नद कार्की र गायिका इन्दिरा जाेशीले यहाका दर्शकलाइ नचायका छन्। गायक कार्की र जाेशीले महाशिवरात्रिकाे अघिल्लाे रातमा धुम मच्चाएका हुन्। कार्कीले नेपाली र हिन्दी गीत गाएका थिए। कार्कीले वनमा फूल्याे फूल, यी हल्लाहरु हुन् र नेपालस माया जस्ता गीत गाएका थिए।

बर्माकाे प्रख्यात संखाइ शिव धाममा शिवरात्रिकाे अघिल्लाे रात नेपाली गायक गायिककाले दर्शक नचायका हुन्। जाेशीले उध्रेकाे चाेली , मत त मर्छु कि क्या हाे ठूली, चाैवन्धी चाेली अनि राताे घाँघर जस्ता गीत गएका थिए।

शिवधाममा नेपाली गीत सुन्न बर्मा, थाइल्याण्ड र भारतीय दर्शक उपस्थित थिय। शिवरात्री मेलामा नेपाली गीत सु्न्न पाउँदा दर्शकले पटक पटक वान्स माेर बान्स माेर भनेका थिए।