७ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्ने

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७४, बुधबार ०३:५८

काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई अन्तिम रुप दिन आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । ललितपुरमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच भएको एक्ला एक्लै छलफलमा एकता संयोजन समितिको बैठक डाक्ने सहमति भएको हो ।
पार्टी एकतालाई सार्थक निष्कर्षमा पु-याउने र सरकार गठन अगावै एकीकृत पार्टीको खाका तयार पार्ने लक्ष्यका साथ दुई पार्टीका अध्यक्षद्वयले निरन्तर संवाद गर्दै आउनुभएको छ । अध्यक्ष ओली र प्रचण्डबीच पार्टी एकतालाई अगाडि बढाउने सन्दर्भमा दुवै अध्यक्ष नै पार्टीमा रहने गरी संयुक्त नेतृत्वको मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो ।