७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेश नं. ४ स्तरीय कराँते प्रतियोगिता बाग्लुङमा

sarusaru
२ फाल्गुन २०७४, बुधबार ०५:०१

बाग्लुङ -बिहुँकोट खेलकुँद तथा समाज बिकास केन्द्रको आयोजना र बिहुँकोट सितेरियो कराँते डोजोको प्राविधिक सहयोगमा प्रदेश नम्बर ४ स्तरीय कराँते प्रतियोगिता शुरु भएको छ । सोमबार भएको उद्घाटनको अवसरमा सहभागिले प्रदेश स्तरीय खेल संचालन गर्न सक्ने बिहुँलाई कराँतेको राजधानी बनाउन सुझाव दिए । कार्यक्रमको उद्घाटन गर्दै सांसद मणीभद्र शर्मा कंडेलले खेलको बिकासले आम नागरिकलाई अनुशासित बनाउन सकिने भन्दै देश बिकासमा राजनीति र सामाजिक अगुवाहरुमा पनि अनुशासनको आवस्यकता रहेको बताए ।
उनले शिक्षा, स्वास्थ्य र खेलकुँद मानव जीवनको अपरिहार्य कुरा भैसकेको पनि धारणा राखेका थिए । कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बिहुँमा आयोजित कार्यक्रमले गाउँपालिकाको गौरब बढाएको भन्दै गाउँपालिकाले पनि खेलको बिकासका लागि आवस्यक सहयोग गर्ने बताएका थिए । बिहुँकोट खेलकुँद तथा समाज बिकास केन्द्रका अध्यक्ष कृष्णप्रसाद कंडेलको अध्यक्षता, काठेखोला गाउँपालिका वडा नं. ५ का अध्यक्ष शिवप्रसाद कंडेलको स्वागत र सचिव सन्तोष पुनको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, जिल्ला युवा बिकास समितिका अध्यक्ष बिष्णु पौडेल लगायतले बोलेका थिए । प्रतियोगिताका लागि प्रदेश ४ का १० जिल्लाका २ सय बढी खेलाडीहरु बिहुँकोटमा आईपुगेका थिए । आईतवारै आईपुगेका खेलाडीलाई स्थानीय आयोजकले विद्यालय र घरघरमा पाहुना सरह राखेका छन् । खेलको पहिलो दिन महिला तर्फ २५ देखि ४५ केजी र पुरुष तर्फ ३० दे ि५० केजी सम्मका सेमी फाईनल खेलहरु भएका छन् । ती खेलमा बागलुङका अधिकांस खेलाडीले अग्रता लिएका छन् ।
खेलमा महिला तर्फ ८ र पुरुष तर्फ ८ सामुहिक र एकल काँतामा ४ स्पर्धाका गरी २० स्पर्धा हुनेछन् । ती स्पर्धामा २३ स्वर्ण, २३ रजत र ४६ कास्य पदक गरी ९२ पदकका लागि खेल हुनेछ । यो अभियानका लागि बिहुँकोट समाज जापान तथा जापान समाज बिहुँकोट लगायतका संस्थाले आर्थिक सहयोग गरेका छन् भने केही संस्थाले मेडलका लागि प्रायोजन गरेका छन् । यसैबीच आयोजक संस्थाले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि अािर्थक सहयोग पनि गरेको छ । अध्यक्ष कंडेलले भवन निर्माण अभियानका लागि ५ हजार ५ रुपैयाँ नगद सहयोग गरेका हुन् । खेलमै विशिष्ट अतिथिको रुपमा आएका अर्जुनबाण गणका गणपति नेपाली सेनाका प्रमुख सेनानी अच्युतम भण्डारीले पनि ५ हजार ५ रुपैयाँ सहयोग हस्तान्तरण गरे ।