१५ चैत्र २०८०, बिहीबार
Follow Us

एक प्रेम जोडीको कथा (लघुकथा)

sarusaru
२ फाल्गुन २०७४, बुधबार ०६:१९

रबिना र राजु एक अर्कालाई खुब माया गर्थे । यतिसम्म कि ,चिया ,खाजा ,खाना खाने हरेक समयमा फोनमा कुरा नगरेसम्म उनीहरुलाई खान मन लाग्दैनथ्यो । दिनहुँ यस्तै गर्थे । रबिना सोच्थिन्– म राजुको कारण सुरक्षित छु । अनि राजु सोच्थ्यो –रबिना नभएको भए मलाई माया गर्ने मान्छे नै हुँदैनथ्यो भनेर । धेरै टाढा भएको कारण उनीहरु नभेटेको छ–सात महिना भएको थियो । उनीहरु प्रेम दिवसको दिन अर्थात् फेब्रुअरी चौधको दिन भेट्ने योजना बनाए । राजु रबिनालाई भेट्न गाउँदेखि काठमाण्डौ आयो । उनीहरु रत्नपार्कमा भेट्ने कुरा गरे र त्यसैअनुरुप राजु र रबिना रत्नपार्क आए । रबिना आउँदा राजु रत्नपार्क टिकट काउण्टरको अगाडिपट्टि उभिइराखेको थियो । रबिना पारीको साइडबाट आउँदै थिइन् । दुवैले एक अर्कालाई देखे ,धेरैबेरसम्म हेराहेर गरे वारीर पारीबाटै अनि बिस्तारै रबिना बाटो काट्दै थिइन् त्यसै बेलामा रबिनाको बायाँ साइडबाट ठूलो बस द्रुत गतिमा आइरहेको थियो । बसले रबिनालाई कचक्क पारेर छियाछिया बनायो । राजु ेको मन छिन्नभिन्न भयो । रबिनालाई झम्टिझम्टी रुन थाल्यो । केही क्षणमा राजुले होस गुमाउन पुग्यो । राजु अझैसम्म होसमा आउन सकेको छैन । कहिले हाँस्ने र कहिले रुने मात्र गरिरहन्छ ।