१३ बैशाख २०८१, बिहीबार
Follow Us

भिलेज होटलमा उपस्थित हुन् एनआरएन युकेका सल्लाहकारहरुलाई अनुरोध

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७४, बुधबार २०:५८

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले सल्लाहकार परिषदको पहिलो एतिहासिक बैठकमा उपस्थितिको लागि अनुरोध गरेको छ । आइतबार भिलेज होटलमा आयोजना हुने बिशेष समारोहमा उपस्थितिको लागि एनआरएन युकेका महासचिब राजकुमार त्रिपाठीले आब्हान गरेका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका संरक्षक, सल्लाहकार, कार्यसमिति तथा एनआरएन अभियन्ता विच एक परिचयात्मक कार्यक्रमको लागि पत्रचार गरिएको एनआरएन युकेले जनाएको छ । त्रिपाठीले कुनै कारणले पत्र प्राप्त नभएको भए पनि यसैलाई आधार मानेर कार्यक्रममा सहभागि हुन् आग्रह गरेका छन् । सो कार्यक्रमको लागि आवश्य तयारी पुरा भएको एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामीले जनाएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको यस कार्यसमितिले हालसम्म गरेको कार्यक्रमको प्रस्तुती एवम समिक्षा, आगामी दिनमा हुने कार्यक्रमको जानकारी प्रदान गर्नुका साथै सो बैठकमा प्र्राप्त सल्लाहकारहरुको सुझाव तथा सल्लाहलाई मनन गरि संस्थाको अल्प, मध्य तथा दीर्घकालीन रणनितीहरु तय गरिने छ ।