काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मुख्यालय जंगीअड्डामा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपतिले घिमिरेलाई दज्र्यानी चिह्न प्रदान गरेकी हुन् । माघ २६ मा बसेको मन्त्रिपरिषद् बैठकले साहित्य माध्यमबाट राष्ट्रियता र राष्ट्रिय स्वाभिमान प्रवद्र्धनमायोगदान पुर्याएबापत घिमिरेलाई सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।
-कान्तिपुर दैनिकबाट ।