७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनको सहयोगमा युएईमा अलपत्र ९ नेपाली महिलाको उद्दार

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७४, बिहीबार ०२:५७

यूएई(जस)– अवैधानिक बाटो हुँदै युएई आएर अलपत्र परेका नेपाली महिलाहरुलाई एनआरएन युएईको पहलमा उद्दार गरी नेपाल पठाइएको छ । उद्दार गरिएका आठ जना महिलाहरुमा नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बु र रिता सुनारलाई आवश्यक प्रक्रिया पूरा गरी दलाललाई फिर्ति टिकट बनाउन लगाएर विभिन्न चरणमा नेपाल पठाइएको एनआरएन युएईका उपाध्यक्ष बालकृष्ण मरासिनीले बताए ।

नेपाल र भारतको बाटो हुँदै युएईको शारजाह विमानस्थल आएका उनीहरुलाई युएईमा रहेको एजेन्ट सुजन भण्डारीले आफ्नो कोठामा लगेर राखेका थिए । उनीहरुलाई सम्पर्कबाट बञ्चित गरेर राखेको पिडितहरुले बताएका थिए । एजेन्ट भण्डारीकी श्रीमती शान्तिमाया राई (एलिसा) र विरु पौडेलको सहयोगमा उनीहरुलाई कोठामा बन्द गरेर राखेको थिए । दलालहरुले मोबाइल र पासपोर्ट खोसेर विभिन्न धम्की र यातना दिँदै आएको पीडितले बताए । ती महिलाहरुलाई ओमन बेच्न लाने तयारी गरिरहेको अबस्थामा उनीहरुले लुकाएको मोबाइलको सहायताले एनआरएन युएईका तल्कालिन दुबई क्षेत्रीय सचिव प्रकाश सुनारको सम्पर्कमा पुगेका थिए ।
एनआरएन युएईको विषेश पहलमा युएईको स्थानिय सिआइडिलाई खबर गरी उनीहरुको साथमा एनआरएन युएईका उपाध्यक्ष बालकृष्ण मरासिनी, आइसिसि सदस्य मनोज श्रेष्ठ, दुबई क्षेत्रिय अध्यक्ष मदन अधिकारी, दुबई क्षेत्रिय सचिव प्रकाश सुनार, एभरेष्ट मार्सल आर्ट एण्ड स्पोर्टस् युएईका अध्यक्ष रवि शाही सहितको टोली अजमान पुगेर उनीहरु बसेको कोठमा छापा मारी उद्दार गरेको थियो ।
उद्दार गरिएका उनीहरुको साथमा दलालहरुलाई पनि सिआइडिले पक्रेर हिरासतमा लिएको थियो । तत्पश्चात उनीहरु एनआरएन युएईको पहलमा नेपाली दुतावासको महिला अश्रयमा पुगेर बसेका थिए । उनीहरु मध्य ८ जान लाई पटक पटक गरी प्रक्रिया पुरा गरेर नेपाल पठाइएको थियो ।

अवैधानिक बाटो हुँदै युएई ल्याएर ओमन, कुवेत, लेबनान जस्ता देशहरुमा पठाउने महिलाहरुको विक्री गर्ने प्रक्रियामा नेपालीहरुनै भेटिन्छन । दलालहरुले महिलाहरुलाई विभिन्न प्रलोभनमा ल्याउने र युएई ल्याइसकेपछि डर धम्कीको भरमा उनीहरुलाई जस्तोसुकै काम गर्न बाध्य पार्ने गर्ने गरेका छन ।

भोजपुर जिल्ला घर भएकी गिता राई मात्र एक प्रतिनिधि पत्र होइनन् । नेपालबाट ३५ हजार नेपाली रुपैया तिरेर दलाल प्रविण राई मार्फत एअरपोर्ट सेटिङ्ग गरी युएई आएकी उनीलाई युएईकी दालाल शान्तिमाया रार्इ (एलिसा)ले कोठामा लगेर राखेकी थिइन ।

नयाँ पत्रिकालाई प्राप्त भिडियो अनुसार उनलाई एलिसाले अरबीहरुको घरमा काममा पठाउने र दुइ महिना समम काम गरेको तलब नदिने गरेको थिइन । उनलाई उज्जेकिस्तान पठाउन लागेको थाहा पाए पछि उनी त्यहाँबाट भागेर साथीहरुको सहयोगमा नेपाली राजदुतावास पुगेकी थिइन । दुतावासको आश्रय स्थलमा करिब ५ महिना बसेर उनी गत ८ फेब्रुअरी २०१८ मा नेपाल फर्किइन । उनलाई नेपाल फिर्तीको लागि टिकट एनआरएन युएईले उपलब्घ गराएको थियो ।