६ बैशाख २०८१, बिहीबार
Follow Us

एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेस

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७४, बिहीबार ०४:४४

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति सक्षम प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार दाबी पेस गरेका हुन् ।

संविधानको धारा ७२ (२) मा उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ भनी उल्लेख छ ।

वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले नेताहरु शितल निवास पुगेका थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ बहुमत छ ।